• Saturday 24th of October 2026

चक्कु प्रहार गरी एक युवकको हत्या, दुई जना घाइते


  • धनकुटा खबर
  • .

रोल्पामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। उक्त घटनामा दुई जना घाइते छन्।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोलमा ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय शनी भनिने सुनील पुनको एक समूहको चक्कु प्रहारबाट हत्या भएको छ।

शनिबार राति ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार उनको उद्धार गरी जिल्ला अस्पताल रेउघा पु¥याएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

पुरानो रिसिबीका कारण सुनीललाई उनी बसेकै ठाउँमा गई अर्को एक समूहले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ।

त्यसक्रममा अर्का दुई जनाको हात र टाउकामा चोट लागेको डिएसपी लामाले बताए।

पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिने तयारी भइरहेको डिएसपी लामाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖