• Saturday 24th of October 2026

यसरी खोज्दैछ नेपाल र भारतका उद्धार टोलीले त्रिशूलीमा खसेको बस र बेपत्ता यात्रु


  • धनकुटा खबर
  • .

चितवन । नेपाल र भारतको उद्धार टोलीले त्रिशूली नदीमा खसेको बस र बेपत्ता यात्रुको खोजीकार्य सुरू गरेको छ।

शनिबार सिमलताल पुगेका भारतबाट आएका उद्धारकर्मीहरू आइतबार बिहान सशस्त्र प्रहरीको उद्धार टोलीसँगै संयुक्त रूपमा खोजीमा जुटेका हुन्।

आज बस खसेको स्थानदेखि पाँच किलोमिटर आसपाससम्म खोजीकार्य हुनेछ।

आवश्यक उपकरणसहित उद्धारकर्मीको टोली त्रिशूलीमा झरिसकेका छन्। आज तीनवटा सोनार क्यामेरासहितका उपकरण प्रयोग गरी बेपत्ता भएको बस खोजिँदैछ।

शनिबार राति भारतबाट १२ जनाको उद्धार टोली नेपाल आएको थियो। त्यो टोलीमा ४ जना गोताखोर छन्। उनीहरूले उद्धारमा प्रयोग हुने उपकरणहरू पनि ल्याएका छन्।

‘उनीहरूले ल्याएको उपकरण र सशस्त्र प्रहरी बलसँग भएको उपकरण प्रयोग गरी संयुक्त रूपमा खोजी गर्छौं,’ सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनका एसपी जनक पुरीले भने।

असार २८ गते नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा दुइवटा बस खसेको थियो।

९ दिन बितिसक्दा पनि बस भेटिएको छैन।

त्यसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ।
३९ जना अझै बेपत्ता छन्।-राजेश घिमिरे/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖