• Saturday 24th of October 2026

केटीहरुलाई पटक्कै मन नपर्ने केटाका बानीहरु


  • धनकुटा खबर
  • .

त्यसै पनि रहेक मानिसका आनी-बानीहरु फरक-फरक हुने गर्छन्। एकलाई अर्काकाे बानी चित्त नबुझ्न पनि सक्छ। अझ महिला र पुरुषबीचका बानीहरुबीच त धेरै नै अन्तर हुन्छ।

केटीका कतिपय बानी केटालाई मन पर्दैन, त केटालाई केटीका कतिपय बानी मन पर्दैन। अझै याे कुरामा केटीहरुले बढी चासाे र ध्यान दिने गर्छन्। केटाले के-के गर्छ? कसरी हेर्छ? कसरी छुन्छ? कसरी बस्छ? जस्ता कुराहरुमा केटीहरुकाे चासाे बढी हुन्छ।

तिनै बानीहरुलाई लिएर पनि कसैले कसैमाथि धारणा बनाइरहेका हुन्छन्। त्यस्ता केही बानीका कारण केटा र केटीबीच समझ्दारी नहुन पनि सक्छ।

यहाँ केटीहरुलाई म नपर्ने केटाहरुका केटी बानीहरु उल्लेख गरेकाे छाैँ:

घुरेर हेर्ने

प्राय: केटीहरुले केटाले घुरेर हेरेकाे मन पराउँदैनन्। अझै कुनै निश्चित अंकमा केटाले घुरेर हेर्‍याे भने असहज महसुस गर्छन। घुरेर हेर्ने केटाहरुबाट केटीहरु टाढै बस्न रुचाउँछन्। किनभने, केटाले मायालु नजरले हेराेस् भन्ने चाहन्छन्।

कन्याउने

कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन। केटीको मनमा छ्या कस्तो मान्छे हो भनी सोचिसकेको हुन्छ। यदि चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस्।

चरित्रका कुरा

केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ्। चहे प्रेमिका होस् या श्रीमती साथीहरुसँग चरित्रका कुरा बताउँदा पनि रिस उठ्छन।

दुर्गन्ध

कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन। पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस्।

संवेदनशील अंगमा नजर

केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन भन्ने कुरा खुब ख्याल गर्छन। आफूले श्रृङ्कार गरेका कुरामा ध्यान दिने र आफ्नो ओँठ, वक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन।

खुला ठाउँमा पिसाब

केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाब गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन्। अधिकांश केटामा हुने यो बानी मन पर्दैन केटीलाई।

केटीको साथमा भएको समयमा खुला ठाउँमा पिसाब फेर्ने भूल नगर्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖