• Saturday 24th of October 2026

ट्राफिक र माइक्रो चालकबिच विवाद भएपछि सातदोवाटो क्षेत्रमा सडक अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ । ट्राफिक प्रहरी र माइक्रो चालकबिच विवाद हुँदा ललितपुरको सातदोवाटो क्षेत्रमा सडक अवरुद्ध भएको छ । लगनेखल–गोदावरी रुटमा चल्ने बा२ख २०७७ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा चालकले विवाद गरेका हुन् ।

विवादको क्रममा ढुंगा प्रहार हुँदा ट्राफिक प्रहरी जवान सागर गिरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनलाई उपचारको लागि बि एण्ड बि अस्पतालमा भर्ना गरिएको छ ।

यातायात व्यवसायीले सातदोवाटोबाट गोदावरीतर्फ जाने सडकमा गाडी तेर्स्याएर बाटो अवरुद्ध गरेका छन् । घटनाबारे व्यवसायीहरूसँग छलफल भइरहेको एसपी सुवेदीले जानकारी दिए । उनले भने,‘हामी सड्क सुचारु गर्ने प्रयास गरिरहेका छौँ ।’

प्रहरीले चेकजाँच गर्दा चालकले गाडी अघि बढाएसँगै ट्राफिक प्रहरी जवानले स्टेरिङ तानेपछि विवाद सुरु भएको हो । ट्राफिकले तान्दा स्टेरिङको नट खुस्केको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖