काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको जलबिरेमा माइक्रोबस दुर्घटना भएको छ । पूर्वी नवलपुरको कावासोतीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ४ बजे दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।