• Saturday 24th of October 2026

फिस्लिङको पहिरो हटाइयो, राजमार्ग सञ्चालन


  • धनकुटा खबर
  • .

काठमाडौ । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।

सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖