• Saturday 24th of October 2026

पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ? शास्त्र के भन्छ ?


  • धनकुटा खबर
  • .

हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ ।

ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ ।

शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकि, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको नाश हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ ।

पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख योनीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा सबै सवालका जवाफ कुण्डलीका आधारमा दिने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीलाई पञ्चम भावका आधारमा र बलवान ग्रह (सूर्य र चन्द्रमा)लाई आधार मानेर उसको स्थितिको पुनर्जन्मको बारेमा बताउन सकिन्छ ।

महर्षि पराशरले ग्रन्थमा पुनर्जन्मका बारेमा बताएका थिए । बृहतपराशर शास्त्रका अनुसार तपाईँको जन्मले नै ग्रह बलवान हुन्छ, । जुन ग्रह द्रेष्काणको स्थितिमा हुन्छ, उक्त ग्रहका अनुसार नै जातकको सम्बन्ध कुन लोकसँग थियो भन्ने थाहा पाउन सकिन्छ । यसै आधारमा तपाईँको पहिलो जन्मको निवास थाहा पाउन सकिन्छ भनेर पुराणमा लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖