• Saturday 24th of October 2026

आगोले निस्सासिएर १२ औ दिनको सुत्केरीको मृत्यु


  • धनकुटा खबर
  • .

जुम्लाको पातारासी–६ बाँताकी एक सुत्केरी महिलाको आगो बालेर सुतेको अवस्थामा निश्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निश्सासिएर उनको मृत्यु भएको हो।

पातासारी–४ माइत भइ ६ मा विहे गरेर सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निश्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। विश्व श्रेष्ठले बताउनुभयो ।

‘मृत्युु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ उनले भने, ‘धुवाँमा निश्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन्।’ उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖