• Saturday 24th of October 2026

८ वर्षीय भतिजीलाई ६८ वर्षीय काकाले गरे करणी


  • धनकुटा खबर
  • .

८ वर्षीय भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका-८ का ६८ वर्षीय काका पर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन १ गते मंगलबार दिउँसो घरमा कोही नभएको अवस्थामा वृद्ध काकाले आफ्नी भतिजीलाई करणी गरेका थिए।

घटनाबारे प्रहरीलाई ढिलो जानकारी भएकाले सोमबार मात्र उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

हाडनाता पर्ने भएकाले प्रहरीले पक्राउ परेका काका पर्नेको परिचय खुलाएको छैन। सूचना अधिकारी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖