महिला एसिया कप २०२४ मा भारतविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ।
भारतको पहिलो विकेट लिन १४ औं ओभर पर्खिएको नेपालले दोस्रो ओभरको चौथो बलमा ओपनर सम्झना खड्कालाई गुमाएको हो।
सम्झनाले ७ बल खेल्दै मात्रै ७ रन जोडिन्। पहिलो खेलमा युएईविरुद्ध ७२ रन बनाएकी सम्झना पाकिस्तानविरुद्ध पनि चल्न सकेकी थिइनन्।
चौथो ओभरको खेल चलिरहँदा नेपालले १ विकेटको क्षतिमा १८ रन बनाएको छ।
क्रिजमा सीता राना मगर र कविता कुंवर छन्।
