मकवानपुरको हेटौँडामा श्रीमान्–श्रीमती नै मृत अवस्थामा भेटिएका छन् ।
बुधवार साँझ दुवैलाई हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश शाहका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार गरिएकोजस्तो देखिएको छ । यस्तै श्रीमान् केशवको शव चाहिँ झुण्डिएको अवस्थामा फेला परेको हो ।
अहिले घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर शाहले लोकान्तरलाई जानकारी दिए ।
