• Saturday 24th of October 2026

जहाज दुर्घटनामा ज्यान गुमाएका नाममा गायिका समिक्षाले लेखिन् यस्तो…


  • धनकुटा खबर
  • .

काठमाडौ । आज भएको सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् ।

तिनै ज्यान गुमाएकाहरु प्रति श्रद्दा-सुमन दिंदै गायिका समिक्षा अधिकारीले लेखेकी छिन् –

रहर कत्ती हैन आमा तिमीबाट छुट्टिनलाई
प्रियसीका सिन्दुर चुरा पोतेहरु लुटिनलाई ।

उड्दै थिए आउन गुडमा
पछारिए कहाँ कहाँ
स्वर्ग ढोका खुल्ला भको दिन रैछ आमा आज।

छोरा रोला छोरी रोलिन् फकाउनु जसोतसो
आफू ,बुवा ,बुहारीलाई सम्हाल्नु है जसोतसो ।

ज्युदै डढे आमा म त पोल्यो राप्ले चर्चरी ।
अर्को जन्म बनी आउँछु
फ़ेरि तिम्रै छोराछोरी ।

दिदै होलान् श्रद्धाञ्जली आफन्त र कुटुम्बले
तिम्रो आशिष केही लागेन
बोलायसी यमराजले।😔

सम्पूर्ण अमर आत्माको बैकुण्ठ बासको कामना गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖