• Saturday 24th of October 2026

जहाज दुर्घटना संगै अस्तायो सपना : क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त


  • धनकुटा खबर
  • .

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए ।

२७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए ।

मोरङका पूर्वजिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालको छोरा हुन् सुशान्त । पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आएका कटुवाल परिवार सुशान्त कोपाइलट भए मात्रै भक्तपुर आएको हो । कटुवालको घर विराटनगर महानगरपालिका ३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ । तर केही वर्षयता भने उनीहरुको विराटनगरस्थित घर बन्द अवस्थामा छ ।

उनीहरु दुई वर्षदेखि भक्तपुरमा बस्दै आएका छन् । भक्तपुरको राधे राधेमा बस्दै आएका कटुवाल इमान्दार र सहयोगी स्वाभावका भएको उनका काका नेत्र कटुवालले बताए । परिवारका एक्लो छोराको दुर्घटनामा मृत्यु भएको खबर थाहा पाएपछि दाई भाउजुलाई भेट्न भर्खरै काठमाडौं आइपुगेको नेत्रले बताए ।

‘घरमा पुगेपछि थप कुरा गरौंला,’ नेत्रले भक्कानिँदै भने, ‘अहिले पीडाको बेला बाटोमै भएकोले धेरै गफ गर्न सकिन ।’ सुशान्तको मृत्युको खबरपछि बुवाआमा भने मानसिक रुपमा विक्षिप्त र बेहोसी अवस्थामा रहेको उनले बताए । क्लिकमान्डुबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖