• Thursday 8th of October 2026

पेरिस ओलम्पिक फुटबलमा अर्जेन्टिनाको पहिलो जित


  • धनकुटा खबर
  • .

काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ ।

समूह बी अन्तर्गत लियोनमा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले इराकलाई ३-१ ले पराजित गरेको हो ।

पहिलो खेलमा अर्जेन्टिना मोरक्कोसँग २-१ ले पराजित भएको थियो । नकआउट चरण पुग्ने सम्भावना कायम अर्जेन्टिनालाई इराकविरुद्ध जित्नैपर्ने थियो ।

अर्जेन्टिनाका लागि थियागो अलमाडाले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । इराकका एमेन हुसेनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । लुडियानो गोन्डोउले ६२औं र इजेक्वेल फर्नान्डेजले ८५औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले सहजै जित निकालेको हो ।

जितपछि २ खेलबाट ३ अंक जोडेको अर्जेन्टिना समूह बी को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा युक्रेनले मोरक्कोलाई २-१ ले हराएपछि चारै टोलीको समान ३ अंक छ । तर, गोलअन्तरमा अर्जनेटिना अघि छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖