नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो । टोरेन्टोको यो पहिलो हार हो।
यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले आवद्ध भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो ।
भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो ।
मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ वविकेट गुमाउदै १३४ रन मात्रै बनाउन सक्यो।
