• Thursday 8th of October 2026

जब ओलम्पिकको स्वर्ण नजिक पुगेर पनि खेल त्याग्न पर्‍यो…


  • धनकुटा खबर
  • .

स्पेनकी ब्याडमिन्टन स्टार क्यारोलिन मारिनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला एकलको सेमिफाइनल खेलमा अग्रता लिएर पनि बीचैमा खेल त्याग्न बाध्य भएकी छिन्।

आइतबार चीनकी हे बिङ जिआओसँगको भिडन्तमा उनले पहिलो सेट २१-१४ ले जितेकी थिइन्।

दोस्रो सेटमा १०-६ ले अग्रता लिएको अवस्थामा उनी घाइते हुन पुगेकी थिइन्।

घुँडामा चोट लागेपछि उनले खेल अघि बढाउन सकिनन्। ११ अंक ल्याए स्वर्ण पदक नजिक पुग्ने अवस्थामा खेल त्याग्नु पर्दा उनी कोर्टमै भक्कानिएकी थिइन्।

उनी रियो ओलम्पिक ‍२०१६ को स्वर्ण पदक विजेता हुन्। त्यसपछि टोकियो ओलम्पिक खेल्नुअघि उनी घाइते हुँदा ओलम्पिक गुमाएकी थिइन्।
यसपटक अघिल्लो ओलम्पिकको चोटको पीडा भुलाउने योजनामा रहेकी उनलाई अर्को चोटले थप पीडा दिएको छ।

आइतबार उनले सुरुमा घाइते भएर केही उपाचार गराएपछि दुई अंक जोड्दा सम्म खेल अघि बढाइएकी थिइन्। त्यसपछि भने उनी मैदानको प्राथमिक उपचार पनि उठ्न सकिनन् र खेल त्याग गर्न बाध्य भइन्। उनी घुँडाको दुई वटा शल्यक्रिया पछि मैदान फर्किएकी खेलाडी हुन्।
स्वर्ण पदकको भिडन्त नजिक पुगेर पनि कोर्ट छाड्नु पर्दा उनका आँखामा आँशु देखिएको थियो। उनीसँगै खेल हेर्न उपस्थित दर्शक पनि रोएका थिए।

अब उनले कास्य पदकको खेल खेल्न पाउनेछिन्। यदि उनले सो खेल पनि खेल्न नसके इन्डोनेसियाकी ग्रेजिया तुन्जुङले स्वत कास्य जित्नेछिन्। क्यारोलिनाले सेमिफाइनलको खेल त्यागेसँगै फाइनल पुगेकी चीनकी जिआओले दक्षिण कोरियाकी आन से योङसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖