• Monday 5th of October 2026

पाकिस्तानसँग नेपाल पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

यसअघि ३४ औं मिनेटमा पाकिस्तानका आदिल युनसले हानेको बल पोष्ट भन्दा केहीमाथिबाट बाहिर गएको थियो । ४० औं मिनेटमा शाह जाहानले हानेको प्रहार शेखले बचाए ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

११ औं मिनेटमा समीर तामाङले बक्स भित्रबाट गरेको प्रहार पोष्ट माथिबाट बाहिरिएको हो ।

५२ मिनेटमा नेपालले फ्रिकिक पाउँदा पनि नेपालले मौका गुमायो । खेलको समयतिर दीपक थापाले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरिएको थियो ।

नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् ।

यसअघि आजै भएको समूह बीको खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖