• Monday 5th of October 2026

डेढ बर्षदेखी श्रीमान भारतमा ,यता श्रीमतीको पेटमा ५ महिनाको गर्भ भेटीएपछि…


  • धनकुटा खबर
  • .

डडेल्धुरा: डेढ बर्षदेखी श्रीमान भारतमा श्रीमतीको पेटमा ५ महिनाको गर्भ भेटीएपछि सामुहीक बालात्कारको घटना सार्वजनीक भएको छ । ३० भदौमा भागेश्वर गाउँपालिका– ३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत भएको शिविरमा भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिएको थियो।

सोही शिविरमा आइन् स्थानीय २० वर्षीया विवाहित युवती । उनलाई केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो। भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखायो। परिवारका सदस्य जिल्ल परे । किनकि युवतीका श्रीमान् विगत डेढ वर्षदेखि भारतमा थिए। श्रीमान् डेढ वर्षदेखि भारतमा रहेको समयमा पाँच महिनाको गर्भ देखिएपछि युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामीकाण्डेमा मौखिक जानकारी गराए।

‘वैशाख महिनामा सामूहिक बलात्कार भएको र घटनामा संलग्न एक युवकलाई चिन्छु भन्दै मौखिक रूपमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले भने।

युवतीले बताएको हुलियाको आधारमा प्रहरीले २ असोजमा चारजनालाई पक्राउ गर्‍याे । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका– ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन्।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार चारैजना सामूहिक बलात्कारमा संलग्न रहेको पीडित युवतीको भनाइ छ। २ असोजमा पीडित युवतीका ससुराले चारजनाको नाममा किटानी जाहेरी पनि दिइसकेका डिएसपी कार्कीले बताए।

‘२० वर्षीया युवतीको पहिलोपटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझोगोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘५ गते बलात्कार हुँदा चारजना र त्यसपछि दुईजना संलग्न भएको खुलेको छ। बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेको अवस्था हो।’

बलात्कारपछि गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको डिएसपी कार्कीले बताए। ‘श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उनले भने, ‘चारजनालाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ।’ पीडित युवती एक छोरीकी आमा हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖