• Monday 5th of October 2026

प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्दै, प्रथम हुनेलाई २५ हजार


  • धनकुटा खबर
  • .

बैतडी । नेपाल प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्दै छ। सोही अनुसार भाग लिन इच्छुक विद्यार्थीहरुलाई निबन्ध लेखन प्रतियोगितामा सहभागिताका लागि स्थानीय तहलाई परिपत्र गरेको छ।

६८ औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो। निबन्ध प्रतियोगिताका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन्। त्यसका लागि सम्बन्धित स्थानीय तह वा सम्बन्धित जिल्ला प्रहरी कार्यायमा यही असोज १०गतेभित्रै नाम दर्ता गरिसक्नु पर्ने छ । १२ गते बिहान ८ देखि ११ बजेसम्म निबन्ध लेखनको लिखित परिक्षा हुने छ। निबन्ध १५ सय देखि २हजार शब्दमा लेख्नुपर्ने छ।

जिल्लामै गठन गरिने मुल्याङ्कन समितिले गरेको निर्णयको आधारमा प्रथम स्थान हासिल गरेका विद्यार्थीको निवध्न सहितको विवरण प्रदेशमा पठाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम बिक्रम केसीले जानकारी दिए। जिल्लामा भएको परीक्षामा प्रथम प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई असोज अन्तिम वा कार्तिक पहिलो साता हुने ६८ औँ प्रहरी दिवसको अवसरमा सम्मान गरिने उनले बताए।

परीक्षामा सहभागि हुने विद्यार्थीको आवत जावतमम सम्बन्धित स्थानीय तह वा विद्यालयले सहजीकरण गर्नुपर्ने बताइएको छ। देशभरीबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद २५ हजार प्रदान गर्दै सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖