• Monday 5th of October 2026

माल्दिभ्सलाई जित्नैपर्ने दबाबमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपालले आज सोमबार माल्दिभ्ससँग खेल्दैछ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्ससँग खेल्न लागेको छ ।

दशरथ रंगशालामा सुरु हुने खेल दिउँसो साढे १ बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपाललाई अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार ब्यहोरेको थियो । माल्दिभ्सले भने पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो ।

माल्दिभ्स भने कम्तीमा बराबरीको नतिजामा सेमिफाइनल पुग्न सक्छ । समूह एबाट पाकिस्तान ४ अंक सहित सेमिफाइनल प्रवेश गरिसकेको छ । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ ।

समूह बीमा भारत र भुटान सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह विजेता बन्न अन्तिम खेलमा साँझ साढे ५ बजे दशरथ रंगशालामा भिड्दैछन् । समूह बीबाट बंगलादेश बाहिरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖