• Monday 5th of October 2026

नेपालको पोस्टमा जापानको ८ गोल


  • धनकुटा खबर
  • .

काठमाडौं । १९औं एसियाली खेलकुदको महिला फुटबलमा नेपालले सोमबार जापानसँग ८-० गोलको हार व्यहोरेको छ ।

समूह डीमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि पहिलो खेलमा भियतनामसँग २-० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

जापानले नेपाललाई पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल गरेको थियो । समूहको शीर्ष दुई टोली अगाडि बढ्नेछन् । लगातार दुई हारपछि नेपालको यात्रा पहिलो चरणमै सीमित हुने पक्का भएको छ । बंगलादेशले पनि लगातार दुई हार व्यहोरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖