• Saturday 17th of October 2026

गृहमन्त्री भन्छन्- देश लुट्नेलाई ठूला धनाढ्य भनेर सरकारले छाड्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन् । सप्तरीमा आयोजिक एक कार्यक्रममा बोल्दै ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताए ।

उनले भने, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं । र, नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिछाड्छौं ।’

सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने छुट प्रक्रिया नरोकिने बताए। उनले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लाका सर्कुलर गरेको बताए ।सहकारी र लघुवित्तको समस्या समाधान गर्नको लागि सरकारले पहल गरिरहेको सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖