• Saturday 17th of October 2026

संसद्का महासचिवको तीन वटा नागरिकता र दुई वटा राहदानीबारे प्रतिपक्ष चुँ बोलेनः माओवादी नेता सापकोटा


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले प्रतिपक्षी दलहरुलाई मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउने अधिकार भएपनि समयावधि तोकेर मन्त्री हटाउन आदेश दिने अधिकार नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीहरु हटाउने, फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै रहेको बताएका हुन् । प्रधानमन्त्रीले आफ्ना आन्तरिक गृहकार्यहरु पूरा गरेर मन्त्रीहरुका बारेमा उठेका विषयमा आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

प्रतिपक्षले संसद्मा ‘मेरा, हाम्रा वरपरका मान्छेलाई केही पनि नगर, हाम्रा विरोधीहरु सबैलाई फाँड’ भनेजस्तो कुरा गरेको उनको भनाइ छ । सार्वभौम अधिकार सम्पन्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेको तीन वटा नागरिकता र दुई वटा राहदानी हुँदा पनि प्रतिपक्ष चुँ नबोलेको उनको दाबी छ । अरुले बोल्दा चरित्र हत्या गरियो भनेर टेबुल फुटाउने गरी उफ्रेर गुरिल्ला कार्यशैली प्रस्तुत गरेको उनको भनाइ छ ।

‘संसद्को महासचिवका तीन वटा नागरिकता छन्, दुई वटा राहदानी छन् । त्यसका बारेमा प्रतिपक्ष चुँ बोल्दैन । अरुले त्यो बोल्यो भने चरित्र हत्या गरियो भनेर संसद्का टेबुल फ्टाउनेगरी उफ्रेर गुरिल्ला कार्यशैली प्रस्तुत गर्छ प्रतिपक्ष,’– उनले भने ।

प्रतिपक्षले सत्ता यात्राको कुण्ठा व्यक्त गरेर संसद्मा आफ्नो नैतिक धरातलसमेत भुलेको उनको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖