• Saturday 17th of October 2026

भारतका नेपाल जानकार अशोक मेहेता लेख्छन्- प्रचण्ड भारतका सही घोडा, देउवालाई तबेलामा राख्नुपर्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । अवकाशप्राप्त भारतीय सेनाका मेजर जनरल तथा नेपाल मामिलाका जानकार असोक मेहेताले प्रचण्ड भारतको सही घोडा भएको बताएका छन् ।

भारतीय अनलाइन समाचार पोर्टल दि पायोनियरमा एक आलेख लेख्दै मेहेताले भनेका छन्, ‘देउवालाई तबलामा राखेर दिल्लीले समर्थन गर्ने प्रचण्ड सही घोडा हुन् ।’

नेपाल आएर भारत फर्केपछि नेपाल मामिलाको ब्रिफिङ गर्दै मेहेताले यस्तो लेखेका हुन् । प्रचण्डले ३२ सिट भएर पनि १३ महिना सरकार चलाएर अहिलेसम्मका तीन कार्यकालको सबैभन्दा लामो समय प्रधानमन्त्री हुन पाएको भन्दै मेहेताले प्रचण्डले एमालेसँग मिलेर सरकार बनाएमा चीनलाई सजिलो हुने बताए ।

उनले एमालेसँग मिलेर प्रचण्डले सरकार बनाउनुभन्दा कांग्रेस सहज भएको तर्क गरे । उनले चीनको प्रसंग पनि जोडेर सन २०१९ मा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणमा भएका २० सम्झौतामा कुनै पनि कार्यान्वयन नभएको तथा सन २०१६ मा भएको पारवहन सन्धिका बाबजुद चीनबाट एक लिटर इन्धन नआएको बताएका छन् ।

उनले भारतले दश हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेर नेपालको व्यापार असन्तुलनमा केहि सहजता हुने लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖