• Saturday 17th of October 2026

प्रहरीका ४ एआइजीसहित यी डीआइजीहरु छन् अर्लि रिटायरको लिस्टमा


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन्।

उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्।

यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन्। यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ ।

उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय फेरि उठेको छ। गृह मन्त्रालयले सेवाहद हटाउनुपर्ने विषयमा तयारी थालेको बताइन्छ।

गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेको थियो। तर, त्यसले मूर्त रूप पाएन। अहिले यो विषयमा गृह मन्त्रालयले फेरि पहल थालेको बुझिएको छ।

को कहिले जाँदैछन् अनिवार्य अवकाशमा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖