• Saturday 17th of October 2026

आइजीपीले धनकुटा पठाएका एसपी अब मर्यादापालक, कैलालीका चौधरी पठाइए धनकुटा


  • धनकुटा खबर
  • .

काठमाडौं : गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ६८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्‍यो । सरुवामा २५ जिल्लाका प्रहरी प्रमुख फेरिए ।

पूर्वी पहाडको जिल्ला धनकुटामा एसपी विमल बस्नेतलाई पठाइयो । तर, एसपी बस्नेत धनकुटा गएनन् । उनी नगएपछि अर्का एसपी श्यामसिंह चौधरीलाई धनकुटा पठाइएको छ । प्रहरी महानिरीक्षकको निर्णयलाई नमान्ने एसपी बस्नेतलाई संसद्को जिम्मेवारी दिइएको छ ।

बस्नेतले घरायसी समस्याका कारण काठमाडौंमै बस्ने भनेपछि उनी संसदको मर्यादापालक बनेका हुन्।

बस्नेतको ठाउँमा कैलाली घर भएका एसपी श्याम चौधरी धनकुटा पठाइएको छ ।

एसपी बस्नेत अहिलेका एसपीमध्ये सबैभन्दा सिनियर हुन् । तर, घुस काण्डमा बल्लतल्ल जागिर जोगाएका थिए ।

कमजोर कार्यक्षमताका कारण उनलाई प्रहरी महानिरीक्षकले तराईको जिल्ला दिएनन् । पाँच वर्षअघि कर्णाली ट्राफिकको प्रमुख हुँदा संस्थागत रूपमा घुसखोरी चलाएको खुलेपछि उनी निलम्बनमा परेका थिए ।

पछि विभागीय कारबाही गरेर जागिर जोगियो । सोही कारण उनलाई क वर्गको जिल्लामा नदिइएको प्रहरी स्रोत बताउँछ । तर, आइजिपीको निर्णयलाई उनले चुनौती दिएका छन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट सोर्सफोर्सका आधारमा बस्नेत नेपाल प्रहरीमा स्थानान्तरण भएका विवादास्पद अधिकृत हुन् ।

सरुवा मापदण्डअनुसार यसअघि ‘क’ वर्गका जिल्लामा बसेका एसपीलाई ‘ख’ मा र ‘ख’ मा बसेकालाई ‘क’ मा पठाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖