• Saturday 17th of October 2026

गृहमन्त्रीले बोलाएको सुरक्षा प्रमुखको आकस्मिक बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रालय स्रोतका अनुसार, अहिले मन्त्रालयमा चलिरहेको बैठकमा गृह सचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी छन् ।

मन्त्रालयका शान्ति सुरक्षा सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई लगायत पनि बैठकमा छन् । बैठकमा सहभागी एक अधिकारीका अनुसार, मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा भएको घटनाबारे जानकारी मागेका छन् ।

सुरक्षा निकायको कमजोरी कहाँ भयो भन्नेबारे उनले सोधेका छन् । अहिले सुरक्षा निकायका प्रमुखले बैठकमा बोलिरहेका छन् । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेर अघि नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖