• Saturday 17th of October 2026

महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे सम्झाैता कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठककाे शून्य समयमा बाेल्दै सांसद् घर्तीले गत वैशाखमा पुनसँग गरेकाे ७ बुँदे सम्झौता कार्यान्यनवन गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो पुस्तक बेचेर आर्थिक जोहो गर्न यतिबेला जिल्ला दौडाहामा रहेका भन्दै उहाँले पुनकाे पुस्तक किनेर सहयाेग गर्नका लागि पनि सरकारसँग माग गर्नुभयाे ।

‘०८० वैशाख १८ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीरबीच ७ बुँदे सम्झाैता भएकाे थियाे, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरू एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापनको लागि ६० दिनभित्र विधेयकको मस्यौदा तयार गरी अघिल्लो अधिवेशनबाटै पारित गर्ने र चालु आबबाटै संघीय सरकारको पुँजीगत बजेटको १ प्रतिशत रकम आविष्कार कोषमा जम्मा गर्ने लगायत सम्झौता थिए, तर विधेयक किन आएन ? महावीर लगायत नेपालका वैज्ञानिक र वित्तिय सराेकारवालाकाे परामर्शमा चाँडै विधेयक ड्राफ्ट गरी चालु संसद्‍मै विधेयक ल्याउन र पुनकाे पुस्तक किनेर उहाँकाे लक्ष्य पूरा गर्नमा सहयाेग गर्न सरकारसँग माग गर्दछु’ – सांसद् पुनले भन्नुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖