• Saturday 17th of October 2026

सुदनमाथि हर्क साम्पाङको प्रहार: संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे नियमावली थु..


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बन्न नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फायर भएका छन् ।

प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ।

‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको निर्णय सार्वजनिक भएलगत्तै मेयर साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयनम्नत्री सुदन किराँतीलक्षित गर्दै आक्रामक स्टाटस लेखेका छन् । उनले संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे नियमावली भन्दै आक्रोश पोखेका हुन् ।

उनले भनेका छन् ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ १ ज्यादा नखोक् १ संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली थु!’।

उक्त स्टाटसलगत्तै फेरी साम्पाङ मन्त्री किरँतीलाई लक्षित गर्दै ‘कुलले धिक्कार्ने काम’ भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖