• Saturday 17th of October 2026

संसद् भवन परिसरबाट पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं । संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्त पीडितहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार दिउँसो ऋणीहरूले प्रहरीको आँखा छलेर संसद भवनभित्र पसेका थिए। भवनको परिसरमा पुगेर उनीहरूले न्याय माग गर्दै नाराबाजी गरेका थिए। प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ।

त्‍यसरी संघीय संसद भवनभित्रै पसेपछि प्रशासनले संसद भवन बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध गरी निषेधित क्षेत्र लेखिएको छ।

प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

उक्त समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीका डिएसपी दिनेश घिमिरे सदस्य छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖