• Saturday 17th of October 2026

वाइडबडी घोटला प्रकरणको छानविन अन्तिम चरणमा


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद घोटला प्रकरण छानविनको अन्तिम चरणमा पुगेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले वाइटबडी घोटला प्रकरण छानविनको अन्तिम चरणमा रहेको बताएका हुन् ।

‘वाइडबडी खरिदसँग सम्बन्धित विषयका सम्बन्धमा हामीले त्यसलाई अनुसन्धान गरिरहेका छौं । करिब–करिब अन्तिम चरणमा पुर्याएका छौं,’– प्रमुख आयुक्त राईले भने ।

वाइडबडी घोटला प्रकरण अनुसन्धानकै विषय भएकाले उक्त प्रकरणको अनुसन्धान प्रगतिका बारेमा यो भन्दा बढी नबोल्ने बताए । प्रमुख आयुक्त राईले वाइडबडी घोटला प्रकरणको छानविनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था अवस्था रहेपनि अन्तर्राष्ट्रिय क्षेत्रको सूचना संकल्न सम्भव नभएको बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकल्न गर्न म्युचुअल लिगल असिष्टेन्स (एमएलए) सम्बन्धित पारस्परिक सहायतासँग सम्बन्धित कानुन बनाइएको भएपनि नेपाल सरकारले अन्य राष्ट्रहरुसँग सहमति गर्नुपर्नेमा त्यो सहमति नगरिएकाले सूचना संकलनमा कठिनाइ भएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖