• Saturday 17th of October 2026

पूर्वसभामुख ढुंगानालाई प्रहरीले संसद् भवन छिर्न नदिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । कार्यक्रमको स्थानबारे अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रूपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो ।

तर, ढुंगाना कार्यक्रम संसद् भवनमा हुने ‘ठानेर’ बानेश्वर पुगे । नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न दिएन ।

प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउदिनँ भन्ने महसुस भएको उनको भनाइ छ ।

उनले अघिल्लोपटक संसद् विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको उनको भनाइ छ ।

उनले तेस्रोपटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖