• Saturday 17th of October 2026

१२ बर्षिया नबालिकालाइ बन्धक बनाएर करणी


  • धनकुटा खबर
  • .

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई बन्धक बनाई पटक-पटक करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. १८ घर भई जिल्ला काठमाडौं, बालुवाटार बस्ने बर्ष ३२ का प्रदिप लामा लोप्चन छन् ।

प्रहरीका अनुसार उनले १२ वर्षकी १ नाबालिकालाई प्रलोभन देखाई माघ २१ गते भगाएका थिए ।

उनले बालिकालाई फागुन १ देखि ६ गतेसम्म गोरखाको पालुङटार ल्याएर पटक-पटक करणी गरेका थिए ।

पीडित बालिकाका आफन्तले काठमाडौं प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवामा जाहेरी दिएपछि गोरखा प्रहरीले फागुन १२ गते लोप्चनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका लोप्चनबिरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖