• Saturday 17th of October 2026

नाबालकबाट एक युवती बलात्कृत


  • धनकुटा खबर
  • .

धनगढी, १५ माघ । कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन्।

उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖