• Saturday 17th of October 2026

एकीकृत समाजवादी नवलपुर जिल्ला अध्यक्षसहितका नेता एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडाैं । एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष तथा प्रदेश सचिवालय सदस्य झबिलाल रानासहितका नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

एमाले जिल्ला पार्टी कार्यालय कावासाेतीमा मंगलबार आयाेजित एक कार्यक्रमबीच अध्यक्ष रानासहित एकीकृत समावादीका अन्य नेता र माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गर्नुभएकाे हाे ।

कार्यक्रममा अध्यक्ष रानासहित एकीकृत समाजवादी नवलपुरका उपाध्यक्ष एवं युवा संघ इञ्जार्ज नारायण पाण्डे, उपसचिवद्वय हुमकान्त पराजुली र गाेबिन्द सुनारसहित हुप्सेकाेट पालिकाकाे सिंगाे कमिटी एमाले प्रवेश गरेकाे हाे ।

नेकपा माओावादी कावासोती-१३ का अध्यक्ष जितेन्द्र सापकोटा लगायत पनि एमाले प्रवेश गर्नुभएकाे एमाले प्रचार विभाग नवलपुरले जनाएकाे छ ।

उहाँहरु सबैलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतले पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖