• Saturday 17th of October 2026

राष्ट्रियसभा अध्यक्षबारे माओवादीले आज निर्णय गर्ने, स्थायी कमिटी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौ, फागुन १६। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना, तराई–मधेश अभियान, लघुविक्त र मिटर ब्याज पीडितका समस्यालगायत विषयमा छलफल भएको थियो । पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन ।

बैठकमा सहभागीहरुले आफ्ने धारणा राखे पनि निर्णयमा पुग्न बाँकी रहेकाले आज अन्तिम निर्णय गर्न बैठक आह्वान गरिएको छ। बैठकमा माओवादी नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन्। राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेताहरूको यस्तो धारणा आएको हो ।

हिजोको बैठकमा नेपाली कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धन नगर्ने सिफारिससहितका प्रतिवेदनबारे पनि माओवादी नेताहरूले चासो व्यक्त गरेका छन् । गठबन्धन र सत्ता साझेदारीबारे स्थायी समितिका सदस्यले थप प्रस्ट हुन आग्रह गरेका छन् । आजको बैठकमा माओवादीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई कारबाही गर्ने विषयमा पनि निर्णय गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖