• Sunday 18th of October 2026

प्रचण्डविरुद्ध जनार्दन शर्मा फायर


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा टिप्पणी गरेका छन् । उनले अध्यक्ष दाहालले नेताहरुको कार्यविभाजन गर्दा आफ्नो च्याप्ने र अरुलाई अपमानित ढंगले जिम्मेवारी खोस्ने काम गरेको भन्दै लिखित रुपमै असन्तुष्टि पोखेका हुन् ।

शर्माले कार्यविभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरित आफ्नो अनुकूलतामा निर्णय गरिएको शर्माको आरोप छ । उनले जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफूलगायतलाई लागू गरेको भनिएपछि प्रचण्डका भाइ नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको भन्दै प्रचण्डको नातावादमाथि प्रश्न उठाएका छन् ।

उनले राखेको फरक मतमा राखिएको छ–‘अझ गम्भिर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ, सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट बिस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖