• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ईशान किशन र श्रेयस अय्यर बीसीसीआईको वार्षिक सम्झौताबाट बाहिर


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतीय क्रिकेट टीमको वार्षिक सम्झौतामा परेका खेलाडीको सूची सार्वजनिक गरेको छ । यसमा इशान किशन र श्रेयस अय्यरको नाम छैन । बीसीसीआईले जारी गरेको विज्ञप्तिमा श्रेयस अय्यर र इशान किशनलाई वार्षिक सम्झौताबाट बाहिर राखिएको बताइएको छ ।

बीसीसीआईले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ग्रेड ए प्लसको अनुबन्ध सूचीमा समावेश गरेको छ । आर अश्विन, मोहम्मद शामी, मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या ग्रेड ए लिस्टमा परेका छन्। ग्रेड बीमा सूर्यकुमार यादव, ऋषभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जैसवाल छन् ।

जबकि ग्रेड सीमा रिंकु सिंह, तिलक वर्मा, ऋतुराज गायकवाड, शार्दुल ठाकुर, शिवम दुबे, रवि बिश्नोई, जितेश शर्मा, वाशिंगटन सुन्दर, मुकेश कुमार, सञ्जु सैमसन, अर्शदीप सिंह, केएस भरत, प्रशिद कृष्ण, आवेश खान र रजत पाटीदारको नाम छ ।

छनोट समितिले आकाशदीप, विजय कुमार, उमरान मलिक, यश दयाल र विद्वथ केवरप्पालाई पनि फास्ट बलरको अनुबन्ध दिन सिफारिस गरेको बीसीसीआईले ट्विटमा जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖