• Sunday 18th of October 2026

काठमाडौँ महानगरको नगर प्रहरीद्वारा पत्रकारमाथि आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौँ । समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ ।

नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघ प्यूठान शाखाका अनुसार फागुन १६ गते बुधवार साँझ काठमाडौँको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको थियो । सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको शाखाले जनाएको छ ।

‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖