• Sunday 18th of October 2026

रास्वपा सांसद कार्कीले बोलेको शब्द रेकर्डबाट हटाइयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्‍काे रेकर्डबाट हटाइएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा उद्योगी व्यवसायी तथा सम्पत्ति शुद्धीकरण विभाग लगायतसँग भएको छलफलका क्रममा उनले असंसदीय शब्द बोलेको भन्दै सांसद ईश्वरी न्यौपानेले सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराइन् ।

सांसद कार्कीले बाल्ने क्रममा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समिति सभापति रामहरि खतिवडाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖