• Sunday 18th of October 2026

रुस-युक्रेन युद्धमा रहेका नेपालीको उद्धार गर्न राप्रपाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
रुस र युक्रेनबीचको युद्धमा पसेका वा सहभागी भएका नेपालीहरुलाई उद्धारको विषयमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

उनको प्रस्तावमा सांसदहरु वीना लामा, अनिशा नेपाली र वीना जैसवालले समर्थन जनाएका छन् ।

उनीहरुले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ अन्तर्गत जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल तथा सरकारलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖