• Sunday 18th of October 2026

माधवलक्षित ओलीको टिप्पणीः राष्ट्रिय दलको मान्यताप्राप्त नभएका दलका नेताबाट प्रधानमन्त्री बन्ने व्यवस्था छैन


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अधयक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलको मान्यताप्राप्त नभएका दलका नेताहरु प्रधानमन्त्री बन्ने ब्यवस्था नभएको बताएका छन् ।

आज (शुक्रबार) नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान र कानुनले राष्ट्रिय दलको मान्यता प्राप्त नभएका दलका नेताहरुबाट प्रधानमन्त्री बन्ने कुराको परिकल्पना नगरेको बताएका हुन् ।

‘संविधानमा पनि त्यस्तो व्यवस्था छैन, कानुनमा पनि छैन, के सपना देख्छ को मान्छेले भन्न सकिन्न ।’ उनले भने, ‘राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो कि ?’

एमाले इतिहास र जिम्मेवारी बोकेको पार्टी भएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖