• Sunday 18th of October 2026

संसदमा एकसिट पनि नभएकाहरु प्रधानमन्त्री बन्छु भन्दै हिड्छन्: ओली


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एकसिट पनि नभएका व्यक्तिहरु प्रधानमन्त्री बन्छु भन्दै हिड्ने गरेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफु पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरु हिड्ने गरेको बताएका हुन्।

अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उहाले एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाए। उनले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖