• Sunday 18th of October 2026

प्रचण्डपुत्रीलाई ओलीको ढाडस– मेरो पार्टी सहयोगी हुन तत्पर छ


  • धनकुटा खबर
  • .

चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगर प्रमुख रेणु दाहालतिर लक्षित गर्दै आफू र आफ्नो पार्टी सहयोगका लागि तत्पर रहेको बताएका छन् । महानगर प्रमुख दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्रीसमेत हुन् ।

भरतपुर महानगरले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै ओलीले भ्रमण वर्ष कार्यक्रमका उद्देश्य भव्य ढंगले सफल हुन सकुन् भन्ने शुभकामना पनि दिए ।

उनले आगामी एक वर्षभित्र आफू सपरिवार चितवन भ्रमणमा आउने प्रतिबद्धता पनि जनाए । ओलीले भरतपुरको प्रशंसा गर्दै भने, ‘भरतपुर विशेष प्रकारको ठाउँ हो । पवित्र नारायणी नदीको किरानमा अवस्थित सुन्दर महानगरपालिका हो ।’

उनले समग्र चितवनको विकासका लागि भ्रमण वर्षलाई केन्द्रित गर्न सुझाव पनि दिए । चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उनले आफ्नो समयमा नेपालका नदीको बाटोबाट गंगा नदी जोड्ने, कोशी गण्डकी नारायणी नदीबाट कलकत्ता बन्दरगाहसम्म जाने योजना बनाएको तर मानिसहरुले कुरा नबुझेर उडाउने काम गरेको पनि बताए ।

अहिले नारायणी नदीमा स्टीमर चल्न थालेको भन्दै उनले खुसी व्यक्त गरे । उनले भरतपुरको प्रगति तीव्र गतिमा हुन सक्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖