• Sunday 18th of October 2026

माटो खन्न जाने महिलाको समूहलाई स्कूल बसले ठक्कर दियो, एकजनाको मृत्यु


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ जनकपुर–जलेश्वर सडकमा स्कुल बसले विवाहका लागि माटो खन्न हिँडेकी महिलाहरूको समूहलाई नै ठक्कर दिएपछि एक महिलाको मृत्यु भएको छ ।

बसको ठक्करले स्थानीय ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५ महिला घाइते भएकी छन् । तीमध्ये एकको अवस्था गम्भीर छ । घाइते सबैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार महिलाहरू समूहमा सडकको छेउ भएरै गइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको स्कुल बसले उनीहरूलाई ठक्कर दियो । ठक्करले लडेकी एक महिला चक्कामुनी परेपछि मृत्यु भयो । अन्य महिलाहरू घाइते भइन् ।

ठक्कर दिने बस जनकपुरधाम ९ स्थित एजल्स बोर्डिङ स्कुलको रहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् । घटनास्थलमै रहेको बसको सिसा आक्रोशित भीडले फोडेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖