• Sunday 18th of October 2026

गठबन्धनसँगै प्रदेश सरकारको नेतृत्व पनि फेरिने


  • धनकुटा खबर
  • .

काठमाडौं । नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि फेरि प्रदेश सरकारको नेतृत्व फेरिन लागेका हुन्।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भागबन्डाको विषयमा अब नयाँ शिराबाट अघि बढ्ने बताए।

उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अघि बढाउँछौँ। राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको विषयमा पनि सहमति खोज्छौँ।’अहिले कांग्रेस नेतृत्वको चार वटा प्रदेश सरकार छन्। अब त्यहाँ नयाँ नेतृत्व आउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖