• Sunday 18th of October 2026

माधवलाई प्रचण्डले फेरि दिए धोका


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ गठबन्धन बन्ने र एमालेसँगको सहकार्यबारे नेकपा एकीकृत समाजवादीले कुनै जानकारी नपाएको जनाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीलाई यसबारे कुनै जनाकारी नभएको बताएका छन् ।

‘के के समीकरण भएको छ त्यो बारे हाम्रो पार्टीलाई जानकारी छैन, उहाँहरुले के के गर्दै हुनुहुन्छ भन्ने बारेमा हाम्रो पार्टी बेखर छ’, खतिवडाले भने ।

उनका अनुसार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बस्ने र नयाँ गठबन्धनबारे धारणा सार्वजनिक गर्नेछ ।

‘हाम्रो पार्टीको सचिवालय बैठक बस्दैछ त्यही नयाँ समीकरणबारे धारणा सार्वजनिक हुनेछ’, उनले भने ।

तर नयाँ गठबन्धन बनाउनेहरु शक्ति बाँडफाँटका लागि बालुवाटारमा तीन दलको बैठक गरिरहेका छन् । एमाले, माओवादी र रास्वपाको बैठक चलिरहेको हो ।

बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावलीबारे छलफल गरिएको छ ।

आजै एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको छ ।

माधवलाई प्रचण्डले फेरि दिए धोका
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७८ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निहुँ खोजेका थिए ।

पार्टी एक भएको भए पनि तत्कालीन प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवलाई थिँचेर राखेका थिए ।

आफैँ प्रधानमन्त्री र आफैँ पार्टीको अध्यक्ष भएर ओलीले दोहोरो भूमिका खेलका थिए । प्रचण्ड पनि एमाले माओवादी एकताबाट बनेको पार्टी नेकपाका अध्यक्ष थिए । तर ओलीले पार्टीमा प्रचण्डलाई कुनै अधिकार नै दिएनन् ।

त्यसबाट पहिलेदेखि नै पीडित रहेका माधवले प्रचण्डलाई भरथेग गरेकै कारण ओलीको संसद विघटनको अत्याचार रोक्न नयाँ गठबन्धन बनेको थियो । जसमा प्रचण्डलाई माधवले साथ दिएसँगै कांग्रेससँग सहकार्य भई ओलीविरुद्ध सरकार बनेको थियो ।

कांग्रेसको नेतृत्वमा भएको सरकारसँगै एमाले र माओवादी टुक्रिए अनि एमालेबाट नेकपा एस टुक्रियो ।

माधवकै बलमा नयाँ गठबन्धनले चुनाव लडेर माओवादी र नेकपा एस अस्तित्वमा स्पष्टसँग देखिए । २०७९ को पुस १० मा कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर जाँदा पनि माधवलाई धोका दिएका थिए ।

अहिले फेरि पनि प्रचण्डले माधवलाई धोका दिएका छन् । माधवलाई जानकारीसम्मसमेत नगराई एमालेसँग गठबन्धन गर्न पुगेका छन् । अब यो परिस्थितिमा नेकपा एसले के गर्छ भन्ने स्पष्टै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖