• Sunday 18th of October 2026

पदाधिकारी बैठकमा निजी गाडी चढेर पुगे कांग्रेसका मन्त्री


  • धनकुटा खबर
  • .

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसका दुई मन्त्री निजी गाडीमा बूढानीलकण्ठ पुगेका छन् ।

उपसभापति एवम् रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महत निजी गाडीमा देउवा निवास पुगेका हुन् ।

अर्का उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमा बैठकमा पुगेका थिए ।

बैठकको बीचमा निस्किएका गुरुङले झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् । कांग्रेससँगको गठबन्धन तोडिएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । बिहान १० बजेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖