• Sunday 18th of October 2026

बृहत्तर कम्युनिष्ट एकताको पहल सुरु भयो : प्रधानमन्त्री दाहाल


  • धनकुटा खबर
  • .

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन्।
सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा प्रचण्डले बामपन्थीहरुलाई एकठाँउमा ल्याउदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका हुन्।

उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरे। प्रतिक्रियावादीले आफूलाई प्रयोग गरे त्यसलाई चिर्न आफूले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफू अविश्वसनीय नभएको उनले बताए।

आफूलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरे। माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदी भएको बताए।

उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको बताए।

उनले आफू नेतृत्वको सरकारले जनयुद्ध दिवसको घोषणा गरेको भन्दै छुटेका सहीदहरुलाई पनि राष्ट्रिय सहीद घोषणा गर्ने क्रममा रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖