• Saturday 17th of October 2026

नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाको हत्या आफ्नै प्रेमीले गरेको आशंका !


  • धनकुटा खबर
  • .

मोरङ । नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या प्रेम सम्बन्धका कारण भएको प्रहरीले आशंका गरेको छ ।

विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्स दासको उनकै प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको हो ।

उनको घर सिराहाको फुल्काहकट्टी हो । उनी विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमीले नै हत्या गरेर शौचालयभित्र शव राखेको हुनसक्ने देखिएको बताइएको छ ।

हत्यामा प्रेमी संलग्न रहेको आशंका गरिए पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दासको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

उनले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको बताए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको उनको भनाई छ ।

उनका आफन्त एवं अभिभावक सिरहाबाट आइपुगेपछि शव भेटिएको कोठामा लगाइएको चाबी खोलेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रहरीले पीडित पक्षलाई शव देखाएको छ ।

कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । शव घटनास्थलमै छ आफन्त आएपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖